देश/प्रदेश

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी

Banner

दाङ, ३ जेठ-

दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खड्का निर्वाचित भएका हुन् । खत्री ६ हजार ६ सय १५ मतसहित विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेका एमालेका भुवनेश्वर पौडेलले ५ हजार ५ सय ३८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बमकुमारी ९ सय ८६ मतान्तरले विजयी भएकी हुन् । उनले ६ हजार ४ सय मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी सावित्री विश्वकर्माले ५ हजार ४ सय १४ मत प्राप्त गरेकी छिन् । ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुबै एमालेले जितेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.