चितवन विशेष

भरतपुरको मतगणना रोकियो,गणक कर्मचारीमाथि सिडियोले हस्तक्षेप गरेको आरोप

Banner

चितवन,जेठ २-

भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गणक कर्मचारीमाथि हस्तक्षेप गरेको एमालेले आरोप लगाएको छ । मतगणनामा मत सदर बदरका बारे विवाद हुँदा सिडियोले कर्मचारीलाई बढी बोल्ने होइन भन्दै धम्क्याएर अभद्र व्यवहार गरेको र कर्मचारीलाई काम गर्ने वातावरण नदिएर आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर कर्मचारीको मनोबल गिराउने काम गरेको एमालेले जनाएको छ । त्यसपछि गणना प्रभावित बनेको हो भने अहिले सहमतिको प्रयास भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.