Breaking News
भरतपुरमा जगन्नाथ पौडेलले कटाए २५ सय मत
०

चितवन,जेठ २-
भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ सय मत कटाएका छन् । नेपाली कांग्रेसबाट विद्रोह गरेका पूर्वसांसद पौडेलले चौथो वडाको गणना जारी रहँदा २५ सय मत कटाएका हुन् । जारी मतगणनामा उनले २५०१ मत प्राप्त गरेका छन् ।
उनले वडा नम्बर १ बाट ४३०, २ बाट ४९४ र ३ बाट ६४८ मत ल्याएका छन् । मतगणना जारी रहेको वडा नम्बर ४ बाट पौडेलले ९ सय २९ मत ल्याइसकेका छन् । उनको चुनाव चिन्ह भुइँकटहर हो । मेयरमा गठबन्धनकी रेनु दाहालले ५२५३ र एमालेका विजय सुवेदीले ५२४३ मत ल्याएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>