Breaking News

भरतपुर महानगरपालिकामा १२ मतले फेरि रेनु दाहालको अग्रता, पछाडि परे विजय सुवेदी

Banner

चितवन, जेठ २

भरतपुर महानगरपालिकामा जारी मत गणनामा फेरि गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालले १२ मतले अग्रता लिएकी छन् ।

सुरुमा अग्रता लिएकी दाहाल केहीसमय अघिसम्म १३ मतले पछि परेकी थिइन् तर अहिले फेरि अग्रता लिएकी हुन् । पछिल्लो मतगणनामा १५ हजार ३१ मत गणना गर्दा एमालेका विजय सुवेदीले पाँच हजार २७ र दाहालले पाँच हजार ३१ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र जगन्नाथ पौडेलले दुई हजार ३५५ मत ल्याएका छन् । त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले छ हजार ४३ र राप्रपाकी हिमला गुरुङले चार हजार ४२ मत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.