चितवन विशेष

बुद्ध दर्शनको स्मरण गर्दै चितवनका मगर समूदायले मनाए बुद्ध पूर्णिमा, १० संस्था सम्मानित

Banner

प्रतिमा कुमाल

चितवन, जेठ २-

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकोले यस दिनलाई विश्वभरका बौद्ध धर्मावलम्वीहरुले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्ध जयन्ती मनाउने गर्दछन् ।

आज २६४६ औं बुद्ध जयन्ती भएकोले जन्म, समाधी अनि ज्ञान प्राप्तिको दिनको रुपमा आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाइएको हो । सोही अनुसार शान्तिका अग्रदूत गौतम बुद्धको पूजा, आराधना गरेर चितवनका मगर समूदायले पनि बुद्ध जयन्ती मनाएका छन् ।

नेपाल मगर बौद्ध सेवा समाज संघ चितवनको आयोजनामा भएको सो कार्यक्रममा बुुद्धले दिएको उपदेश, ज्ञानको स्मरण गराइएको थियो । ज्ञानोदय बुद्ध विहार भरतपुर महानगरपालिका–९ शरदपुरमा विशेष कार्यक्रम गरिएको छ । भिक्षु अनन्तले भगवान बुद्धको जीवनी सारांशमा प्रवचन दिएका छन् । यस क्रममा उनले बृद्धका ५ उपदेश झुटो नबोल्नु, नसालु पदार्थ सेवन नगर्नु, अवैध सम्बन्ध नराख्नु, चोरी नगर्नु, अहिंसाको बाटो अप्नाउनु पर्नेमा सबैको ध्यानाकर्षण गराए ।

कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनका अध्यक्ष ठाकुर सिंह आले मगरले अहिले नेपालले मनाइरहेको २५६६ औं बृद्ध जयन्ती नभई २६४६ औं रहेको दाबी गरेका छन् । प्रमाण सहित उनले हेर्न नजान्दा २५६६ औं बृद्ध जयन्ती धेरै ठाउँमा मनाइरहेको दाबी गरे । यसै क्रममा संघले १० वटा सहयोगी संस्थाहरुलाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा सूर्याेदय मगर समाज, तिनपाया मगर समाज, रसिदबाट सहयोग गरेका शारदानगरका निवासी, भरतपुर ९ बौद्ध समुह, पिठुवा चन्द्र सुनारी, धर्मोदय मगर समाज भरतपुर ७, बसन्ता घले मगर र नेपाल मगर संघ भरतपुर २६ दिव्यनगरका अध्यक्ष टेकबहादुर थापा मगर लगायतलाई सम्मानपत्रद्धारा सम्मानित गरिएको हो ।

भगवान गौतम बुद्धको जन्म ईशापूर्व ५४६ मा नेपालको लुम्बिनीमा भएको थियो । बुवा तत्कालिन तिलौराकोट राज्यमा शाक्यवंशका राजा शुद्धोदन र आमा मायादेवीको कोखबाट उनको जन्म भएको होे । आमा मायादेवीको भने उनी जन्मेको सात दिनमै मृत्यु भयो । कान्छी आमा गौतमीद्वारा उनको पालनपोषण भएको थियो । यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी ६ वर्षसम्म तपस्या गरेर बुद्धत्व प्राप्त गरेका थिए । बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन् । बृद्धको बास्तविक नाम ‘सवार्थसिद्ध’ हो । यही शब्दको छोटकरीमा ‘सिद्धार्थ’ नामले उनलाई पुकारिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>