Breaking News

भरतपुर महानगरका कांग्रेसको प्रभाव क्षेत्रमा मत बढाउँदै जगन्नाथ

Banner

चितवन, जेठ २-

भरतपुर महानगरको मतगणना कांग्रेस प्रभाव क्षेत्रमा पुगेपछि मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथको मत बढ्दै गएको छ ।

वडा नम्बर ३ सकेर वडा नम्बर ४ को गणना चलिरहँदा उनले दुई हजार ४० मत ल्याएका हुन् । भरतपुरमा १ र २ को मत गणना सकिँदा पौडेलले ९२४ मत मात्र ल्याएका थिए ।

जगन्नाथको मत बढ्ना साथ एमालेका मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता केही बढेको छ । १३ हजार ५६५ मत गणना गर्दा सुवेदीले ७३ मतको अग्रता लिएका छन् । सुवेदीले चार हजार ६२५ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले चार हजार ५५२ मत प्राप्त गरेकी छन् । जब भरतपुर वडा नम्बर ३ को मत गणना सकिँदा सुवेदी ५५ मतले मात्र अगाडि थिए । वडा नम्बर ६ मा पर्ने गीतानगर क्षेत्र कांग्रेसको गढ भएकोले जगन्नाथको मत अझै बढ्ने धेरैको अनुमान छ । त्यस्तै, वडा नम्बर ७ आफैँमा जगन्नाथकै वडा भएकोले पनि उनको मत बढेमा सुवेदीलाई केही राहत हुने एमाले निकट नेताहरु धेरैको अपेक्षा छ । तर, अहिलेसम्म भरतपुर महानगरको मेयर पद कसले जित्छ भन्ने स्पष्ट मार्गचित्र आएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>