Breaking News

गोरखामा एमाले उम्मेदवार १ मतअन्तरले विजयी भएपछि तनाव, सर्वदलीय बैठक बस्दै

Banner

गोरखा, जेठ २ –

गण्डकी गाउँपालिका– ४ को वडाध्यक्षमा नेकपा एमालेका राजुबाबु भण्डारी १ मतान्तरले मात्रै विजयी भएपछि स्थित तनावमय भएको छ । मतगणना सकिए पनि १ मतान्तरले जितेपछि कांग्रेसले पुनस्मतगणनाको माग गर्दै मतपरिणाम सार्वजनिक गर्न दिएको छैन् ।

भण्डारीले नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर गुरुङलाई १ मतान्तरले पराजित गरेका छन् । भण्डारीले ४१० मत प्राप्त गरे भने गुरुङले ४०९ मत प्राप्त गरेका छन् । यस्तै, ३ वडा सदस्य एमालेले र १ सदस्य नेपाली कांग्रेसले जितेको छ । वडाको दुई वटा बुथमा गरेर १२९३ मत खसेको थियो ।

सर्वदलीय बैठक बस्दै

निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्न तयारी गर्दागर्दै कांग्रेसले पुनस् मतगणनाको माग गरेको छ । अहिले सर्वदलीय बैठक बसिरहेको निर्वाचन अधिकृत बासुदेव रेग्मीले जानकारी दिए ।

‘१ मतान्तरले जितेपछि मतपरिणाम सार्वजनिक गर्नुअघि सर्वदलीय बैठक बसिरहेको छ । केही निर्णय आउला अनि मात्रै के गर्ने भन्न सकिन्छ’, रेग्मीले भने ।
मतान्तर आएकाले पुनमतगणनाको सम्भावना नरहेको उनले संकेत गरे । ‘बराबर आएको भए पुनस् गणना या के गर्ने भन्ने हुन्थ्यो । मतान्तर आईसक्यो । जति मतान्तर आएपनि, मतान्तर नै हो । त्यही पनि दलहरुले केही निर्णय गर्नुहोला । उहाँहरुले सहमति जुटाउनु हुन्छ भन्ने नै छ’, उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>