देश/प्रदेश

एमाले विजय जुलुसमा प्रयोग भएको माइक्रो दुर्घटना, ३ जनाको मृत्यु

Banner

दार्चुला, वैशाख २-

दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना भएको छ । नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको सो माइक्रो बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

चालक शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक नविन सिंह धामीको सनाखत भएको र एक जना मृतकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>