देश/प्रदेश

खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित

Banner

कञ्चनपुर, जेठ २-

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।

गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए । अहिले मत रूजु गर्न सर्वदलीय बैठक बसिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>