राजनीति
डडेलधुराको आलितालमा माओवादी केन्द्र विजयी
०

डडेलधुरा,जेठ २-
डडेलधुराको आलिताल गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार शेरसिंह पार्की २, ३८९ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार बलबहादुर गुरुङलाई १६५ मतान्तरले पराजित गरेका हुन् । पराजित बलबहादुर गुरुङले २,२२४ मत ल्याएका छन् ।