देश/प्रदेश
हेटौंडा उपमहानगरमा त्रिपक्षीय कडा भिडन्त, गठबन्धनको अग्रता
०

हेटौंडा, जेठ १ –
हेटौंडा उपमहानगरपालिकामा तीन पक्षीय प्रतिस्पर्धा भइरहेको छ । हाल उपमहानगरपालिकाको १, २, १८ र १९ नम्बर वडाको मतगणना जारी छ ।
आठ हजार १५ मतगणना भइसक्दा मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले २३ सय ९१ मत प्राप्त गरेकी छिन् । २३ सय ४९ मतका साथ राप्रपाका दीपकबहादुर सिंह दोस्रो स्थानमा छन् । एमालेका अनन्त पौडेल २१ सय ८२ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् ।
उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँले ३४ सय ७५ मत प्राप्त गर्दै अग्रता बनाएका छन् । एमाले उम्मेदवार सुमित्रा काफ्ले २६ सय ९९ मत ल्याएर दोस्रो स्थानमा छिन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>