देश/प्रदेश
बुटवलको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता
०

बुटवल,जेठ १-
रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । उपप्रमुखमा भने एमाले अघि लागेको छ । २ हजार मत गन्दा प्रमुखमा कांग्रेसका खेलराज पाण्डेले ९ सय ८७ मत ल्याएका छन् । दोस्रोमा एमालेका बाबुराम भट्टराईले ४ सय ६० मत ल्याएर पछ्याएका छन् । राप्रपाका मृगेन्द्रकुमार शेरचनले ४ सय २६ मत ल्याएर तेस्रोमा छन् । निर्वाचन अधिकृत लेखनाथ पौडेलका अनुसार उपप्रमुखमा एमालेकी सावित्रीदेवी अर्यालले ६ सय ४६ मतका साथ अग्रता लिएकी छन् ।
राप्रपाकी भगवती पाण्डेले ४ सय ८३ र नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ४ सय ३८ मत ल्याएका छन् । अहिलेसम्म बुटवलको वडा नम्बर १ को ६ सय मत गणना सकिएको छ भने १९ र २ को गणना भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>