देश/प्रदेश

नेपाल एअरलाइन्सको न्यारोबडी जहाजले भोली देखि काठमाण्डौ–भैरहवा उडान गर्ने

Banner

काठमाण्डौ, बैशाख ३१ –
नेपाल एअरलाइन्सले जेठ २ गते सोमबार काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान गर्ने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनको लागि न्यारोबडी जहाजले जेठ २ गते उडान गर्ने एअरलाइन्सले जनाएको छ । जहाज विहान ६ बजे भैरहवाको लागि उड्नेछ भने ८ बजे काठमाण्डौका लागि उड्नेछ ।

एअरलाइन्सले काठमाण्डौ–भैरहवाका लागि ४ हजार पाँच सय १० र सात हजार ४० रुपैयाँ गरी दुई प्रकारका टिकट मूल्य तोकेको छ । टिकट नेपाल एअरलाइन्सको मोबाइल एप र वेबसाइटबाट लिन सकिने छ । गौतमबुद्ध विमानस्थलमा नेपाल एअरलाइन्सको वाइडबडी जहाजले परीक्षण उडान गरिसकेको छ । जेठ २ गते सोमबारदेखि नै कुवेतको जजिरा एअरलाइन्सले नियमित व्यावसायिक उडान गर्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area