राजनीति

माओवादीले डोल्पाबाट खाता खोल्यो, जगदुल्ला गाउँपालिकामा नारासिंह विजयी

Banner

डोल्पा,बैशाख ३१-

माओवादीले डोल्पाबाट स्थानीय तहमा खाता खोलेको छ । डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले ७४६ मत ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी एमालेकी चन्द्रावतिथापाले ७४९ मत पाएकी छन् ।

६ वडा रहेको पालिकामा २ वटा वडामा माओवादी, ३ वटामा एमाले र एउटा वडामा कांग्रेस विजयी भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?