देश/प्रदेश
कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता, एमालेले पछ्याउँदै
०

महेन्द्रनगर, ३१ वैशाख –
कञ्चनपुरको बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रको अग्रता कायम छ । एमालेले पछ्याइरहेको छ ।
मेयरमा माओवादीका पोतीलाल चौधरीले ५२० मतसहित अग्रता लिएका हुन् । एमालेकी कमला बोहराले ४२४ मत पाएकी छन् । कांग्रेसका हरेन्द्रसिंह विष्टले ३४० मत पाएका छन् ।
यसैगरी उपमेयरमा माओवादीकी मञ्जु शाहले ५१०, कांग्रेसकी खिना भण्डारीले ३९६ र एमालेका जोगराम चौधरीले ३८६ मत प्राप्त गरेका छन् ।
बेलौरी नगरपालिका–१ को मतगणना भइरहेको छ । खसेको १ हजार ६ सय ४७ मतमध्ये १ हजार ३ सय ८३ मत गणना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>