देश/प्रदेश
पोखरा महानगरको मतगणना दिउँसो २ बजेदेखि
०

पोखरा, वैशाख ३१-
पोखरा महानगरपालिकाको मतगणना शनिबार दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । अहिले चलिरहेको सर्वदलीय बैठकले दिउँसो २ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारले साढे १२ बजेसम्म आफ्ना प्रतिनिधि पठाइसक्नुपर्नेछ । साढे १ बजेसम्म मतपेटिका मिलाउने र २ बजेबाट गणना गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्णको भने गणना सुरु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>