देश/प्रदेश

अधिकृतको हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित

Banner

ललितपुर, ३१ वैशाख-
जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ ।

एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी छ । उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिनुभयो । केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उहाँको भनाइ थियो ।

उक्त गाउँपालिकामा नौ हजार १२ मतदाता रहेकामा सात हजार ६०० ९७७ दशमलव ९६ प्रतिशत मत खसेको थियो । राति अबेर मतपत्र आएपछि गणना सुरु भएको थियो ।

हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>