
दाङ, वैशाख ३१-
घोराही उपमहानगरपालिकाको मतगणना सुरु भए पनि तुलसीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेदेखि मतगणना गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार महानगरपालिका वडा नं.१४ र १९ मा बिहान १०ः३० बजेदेखि मतगणना सुरु भएको हो।
घोराही र तुलसीपुर उपमहानगरपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसले तालमेल गरेका छन् । नेकपा एमाले भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो । जस्मा उपमहानगरमा कूल एक लाख १२ हजार ९२७ मतदाता रहेका थिए तर ७६ हजार ५२९ मत मात्र खसेको छ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा भने नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेदवार बनेका लबरु चौधरीको निधन भएपछि सो वडामा जेठ ३ गते निर्वाचन सम्पन्न भएपछि बेलुकादेखि मतगणना गरिने तयारी भएको छ ।