जोडिनुहोस

Banner

काठमाडौँ, ३१ वैशाख-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको छ ।

उहाँले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिनुभएको छ । घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामनासमेत विज्ञप्तिमार्फत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.