देश/प्रदेश
बुढानिलकण्ठ नगरपालिकामा एमालेको अग्रता,वडाध्यक्षमा एमालेकै लामा निर्वाचित
०

काठमाडौं,बैशाख ३१-
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् ।
मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>