देश/प्रदेश

पाँचखालमा मतदान स्थगित, मतदानस्थल नै तहसनहस

Banner

काभ्रे, वैशाख ३०-

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदान अधिकृतले धाँधली गरेको भन्दै आक्रोशित भिडले मतपेटिका तोडफोड गरेपछि मतदान स्थगित गरिएको हो ।

आक्रोशित भिडले मतपेटिका, कुर्सी, टेबल लगायतका निर्वाचन सामग्रीमा तोडफोड गरेका छन् । तर, प्रहरीले भने मतपेटिका सुरक्षित राखेको छ । मतदानस्थल नै तहसनहस बनाइएको छ ।

मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिएको भन्दै सत्तारूढ दलका कार्यकर्ताहरूले विरोध गर्दै तोडफोड गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले मतपत्रको विषयमा विवाद हुँदा झडप भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.