देश/प्रदेश
मकवानपुरमा शान्तिपूर्ण मतदान, ३५ प्रतिशत मत खस्यो
०

हेटौंडा, वैशाख ३०-
मकवानपुर जिल्लामा करिब ३५ प्रतिशत मत खसेको छ । मध्यान्ह १२ बजेसम्ममा जिल्लाभर करिब ३५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
हेटौंडा १५ मा रहेको गाविस भवनमा ४० प्रतिशत मत खसिसकेको उनले बताए । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ, कैलाश गाउँपालिकामा पनि २५ प्रतिशत भन्दा धेरै मत खसिसकेको उनले भने ।
जिल्लामा अहिलेसम्म शान्तिपूर्ण मतदान भइरहेको छ । मतदाताहरु निकै उत्साहका साथ निर्वाचनमा भाग लिइरहेको उनले बताए । शर्माका अनुसार मकवानपुर जिल्लामा अहिलेसम्म कुनै पनि अप्रिय घटना भने घटेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>