देश/प्रदेश

दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

Banner

दार्चुला, वैशाख ३० –

दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।

उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो ।

मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>