देश/प्रदेश
एमाले प्रमुख सचेतक भट्टराईको दाबी- निर्वाचनको परिणाम सुखद् आउनेछ
०

काठमाडौ, वैशाख ३० –
प्रमुख विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले दसौ पटक मतदान गरेका छन् । गाउँकै भगवती दिनानाथ मावि केन्द्र खोटाङ पुगेर भट्टराईले मतदान गरेका हुन् । उक्त विद्यालयमा उनी अध्धयन गरेका थिए ।
मतदानपछि उनले भनेका छन्, गणतन्त्र प्राप्तिपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा सुयोग्य जनप्रतिनिधि छनोटका लागि मतदान गरियो।
मतदान गरेको १० औं पटकमा ६ पटक सूर्य चिह्नका उम्मेदवारले निर्वाचन जितेको र तीन पटक भने हारेको भट्टराईले बताए । उनले यस पटक निर्वाचनको परिणाम सुखद् आउने पनि दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>