देश/प्रदेश

कांग्रेस उम्मेद्वार पैसा बाँड्न हिँडेको माओवादी कार्यकर्ताको आरोप

Banner

अश्विन दानी,

गोरखा, वैशाख २९-

गोरखामा नेपाली कांग्रेसका उम्मेद्वारसहित गाडीलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

बिहीबार गण्डकी गाउँपालिका-५ दर्बुङबाट कांग्रेसका वडा सदस्य उम्मेद्वार रत्नमान श्रेष्ठसहितको टोलीलाई स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् । मौन अवधिमा गाडी भाडामा लिएर मतदातालाई पैसा बाँड्न हिँडेको आरोप लगाउँदै माओवादी निकट स्थानीयले रोकेर प्रहरीलाई बुझाएका हुन् ।

श्रेष्ठ गण्डकी गापा(५ मा नेपाली कांग्रेसको तर्फबाट वडा सदस्य पदका उमेद्वार हुन् । उनीसँगै सो वडाका कांग्रेस वडा सचिव जीवनाथ खनाल, बहादुर गुरुङ लगायतको टोली बा२०च ४४०० नम्बरको बोलेरो जीपमा सवार थिए ।

स्थानीयले खबर गरेलगत्तै घ्याल्चोक प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको र जीप नियन्त्रणमा लिएको इन्स्पेक्टर ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘स्थानीयले फोन गरेपछि हाम्रो टोली घटनास्थल पुगेको थियो । ६ जना कांग्रेसका टोली जीपमा रहेछन् । उनीहरूलाई छाडेर जीप नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौँ’, श्रेष्ठले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area