देश/प्रदेश

चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताबीच नै दिनहुँ झडप

Banner

रोल्पा, २९ वैशाख-
देशका अन्य जिल्लामा गठवन्धन गरेर चूनावी मैदानमा उत्रिएका सत्तारुढ दलका कार्यकर्ताहरु रोल्पामा भने दिनहुँ जसो झडपमा उत्रन थालेका छन । मतदानको दिन नजिकिदै जाँदा उनीहरु वीच झडप बढ्दै गएको हो ।

गत वैशाख २१ गते माडी गाउँपालिका वडा नम्बर ३ मा कांग्रेस-एमाले गठवन्धन र माओवादी(एकीकृत समाजवादीवीच झडप भएको थियो । झडपमा कांग्रेस(एमाले गठवन्धनको तर्फबाट वडाध्यक्षका उम्मेदवार निमवहादुर डाँगी माथि रड प्रहरी गरि सांघातिक आक्रमण भएको थियो । गम्भिर घाईते डाँगीको अहिले उपचार भई रहेको छ ।वैशाख २६ गते गंगादेव गाउँपालिकामा आक्रमणको अर्को घटना भयो । सो आक्रमणमा नेपाली कांग्रेसका मनवहादुर वुढामगर र कमल वुढामगर सख्त घाईते भएका छन । उनीहरुको नेपालगंज मेडिकल कलेजमा उपचारभईरहेको नेपाली कांग्रेस रोल्पाले जानकारी दिएको छ ।

यसैगरि वैशाख २६ गते राती ११ वजे सुनिल स्मृति गाउँपालिका ८ अरेशमा नेपाली कांग्रेसका कार्यकर्ता मनवहादुर पुनलाई सांघातिक आक्रमण गरि गम्भिर घाईते वनाएकाले उनको वुटवलमा उपचार भईरहेको कांग्रेस रोल्पाले वताएको छ ।जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नंं ३ को मसिना,परिवर्तन गाउँपालिका वडा नम्बर कुरेली र वडा नम्बर २ को रांसीमा समेत आफ्ना कार्यकर्तमाथि आक्रमण भएको कांग्रेस रोल्पाको भनाइ छ । परिवर्तन २ रांसीमा माओवादी कार्यकर्ता खुकुरी लिएर आक्रमणमा उत्रिएको कांग्रेसको आरोप छ ।

घटनामा संलग्नहरुको किटानी उजुरी दिंदा पनि प्रहरीले उजुरी लिन मान्दैन सभापति आचार्यले भने । घटनामा संलग्न हरुलाई हालसम्म पनि पक्राउ नगर्नुले स्थानीय प्रशासनको व्यवहार प्रति आशंका उत्पन्न भएको छ सभापति आचार्यले भने ।यता जिल्ला प्रहरी कार्यालय रोल्पाले भने निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रहरी लागि परेको वताएको छ । निर्वाचनमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन र भए प्रहरी नियन्त्रणमा लिन प्रहरी सक्रिय छ जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले भने । गंगादेव गाउँपालिकामा भएको घटनामा संलग्न एक व्यक्तिलाई पक्राउ परिसकेको घिमिरेको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>