Breaking News

शुरु भयो मौन अवधि, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

Banner

काठमाडौं, वैशाख २८–

स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज (बुधबार)देखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको हो ।

आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको थियो ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

–मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

–एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

(मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.