Breaking News

यी हुन रेनु दाहालले भरतपुरमा गरेका मुख्य मुख्य काम

Banner

चितवन, वैशाख २७–

पवित्र नारायणी नदी किनारमा अवस्थित भरतपुर सहर । नेपालका छ वटा महानगरपालिका मध्येको एक महानगरपालिका । यो महानगरपालिका भौगोलिक हिसाबले चार सय ३२ दशमलव ९५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । २०७८ को राष्ट्रिय जनगणना अनुसार यहाँको जनसंख्या तीन लाख ६९ हजार ३७७ पुगेको छ । नेपालका छ महानगर मध्ये जनसंख्याको हिसाबले काठमाण्डौं, पोखरापछि तेस्रो स्थानमा छ भरतपुर ।

नेपालको क्षेत्रफलको शून्य दशमलव २९ प्रतिशत मात्र क्षेत्रफल र नेपालको जनसंख्याको एक दशमलव २६ प्रतिशतको हाराहारीमा जनसंख्या रहेको भरतपुर महानगर चर्चाको हिसाबले नेपालकै केन्द्र विन्दुमा छ । झन् पछिल्लो समय स्थानीय तहको निर्वाचनको रापले भरतपुर चर्चा झनै उच्च शिखरमा छ । वितेको पाँच वर्षको कार्यकालमा महानगर प्रमुख रेनु दाहाल र उनको टीमले गरेको मेहनतका कारण यो महानगर सधै चर्चाको शिखरमा छ । छोटो समयमा बढी विकास गरेर कसरी आफ्नो उत्कृष्ठताको नमूना प्रस्तुत गर्न सफल भयो ? क्षेत्रफल र जनसंख्याकोहिसाबले सानो भएर पनि किन चर्चाको शिखरमा छ भरतपुर महानगर ? यस विषयमा हामीले केही तथ्य प्रस्तुत गर्दैछौं ।

नारायणी नदी तटमा रहेको विकासको दृष्टिकोणले प्रशस्त सम्भावना बोेकेको भरतपुर महानगर नेपालको सबैभन्दा तीब्र गतिले विकास भइरहेको सहरहरु मध्येको एक मात्र होइन शिर्ष स्थानको सहर हो । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर चितवन लगायत नेपलाको केन्द्रीय राजधानी काठमाण्डौं र मध्य क्षेत्रमा पर्ने गण्डकी र बागमती प्रदेशलाई तराईसंग जोड्ने श्रृखला एवं नेपालको व्यापारिक केन्द्र हो । यो महानगरपालिका क्षेत्रभित्र पर्ने नारायणगढ सहरमा मुख्य व्यापारिक पसल र ठूला होटेलहरु रहेका छन् भने अन्यआवश्यक पूर्वाधारका साधनहरु नगरको अन्य क्षेत्रहरुमा रहेका छन् । कुल २९ वटा वडा रहेको भरतपुरको जनसंख्या अघिल्लोजनगणनामा दुई लाख ८० हजारको हाराहारीमा मात्र थियो ।

कसरी बन्यो भरतपुर महानगर ?

विक्रम सम्बत २०७३ फागुन २२ गते नेपाल सरकारको निर्णय गरि फागुन २७ गते नेपाल राजपत्रमा प्रकाशित गरि भरतपुरलाई महानगरपालिकामा स्तरोन्नति गरिएको हो । भरतपुरलाई उपमहानगरपालिकाबाट स्तर उन्नती गरि महानगर बनाउन यहाँका राजनीतिक पार्टी नेतृत्वको ठूलो योगदान छ । त्यसमा पनि तत्कालीन प्रधानमन्त्री एवं हाल चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठूलो योगदान छ । उहाँकै कारण धेरै पूर्वाधार अपुग हुँदा पनि भरतपुर महानगरका स्तरउन्नती भएको थियो ।

महानगर बनाउँदा साविकका भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिका र कविलास गाउँ विकास समितिलाई समावेश गरि २९ वडामा विभाजन गरिएको हो । यसअघि २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाएर भरतपुर नगर पञ्चायत बनाइएको थियो । सोही नगर पञ्चायतलाई २०४८ सालबाट भरतपुर नगरपालिकाको रुपमा ग्रहण गरिएको थियो । त्यसपछि २०७१ साल मंसिर १६ गतेको तत्कालीन नेपाल सरकार मन्त्रिपरिषदको निर्णयले मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर र पटिहानी गरि पाँच गाउँपालिकालाई समावेश गरि भरतपुर उप–महानगरपालिका बनाइएको थियो ।

पहिलो स्थानीय तह निर्वाचन २०७४ मा यस महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले महानगर प्रमुख र उपप्रमुखमा गठबन्धन गरि प्रमुख पदमा रेनु दाहाल र उपप्रमुख पदमा पार्वती शाह ठकुरी विजयी भएका थिए ।

नेपालमा ७५ जिल्ला रहेको बखत चितवनलाई ७६औ जिल्लाको रुपमा चित्रण गरिन्थ्यो । यहाँको बसोबास र रहनसहनले यतिवेला पनि ७८ औं जिल्लाको रुपमा हेरिन्छ । चितवनको भरतपुर महानगरपालिका समग्र जिल्लाकै पहिचान जस्तै प्रकृतिको छ । यस महानगरपालिका क्षेत्रमा नेपालका प्रायः सबै जसो जिल्लाबाट बसाई सराई गरि आएका बासिन्दाहरुको मिश्रित बसोबास छ । त्यही मिश्रित बसोबास यहाँको विकासको आधार हो ।

पाँच वर्ष अन्तरालमा भरतपुर

पाँच वर्ष अगाडिसम्म भरतपुर महानगरपालिका क्षेत्रको विकास समय गति अनुसार चल्दो थियो । जनघनत्व बढ्ने र नयाँ सहरमापरिणत हुँदा समेत बदलिंदो समयको गतिलाई पक्डिन सकेको थिएन । महानगर घोषणा हुँदै गर्दा महानगरमा हुनुपर्ने अधिकाँश पूर्वाधार पुरा भएका थिएनन् । माथि उल्लेख भइसके जस्तै मात्र चितवनका राजनीतिक दलहरुको पहल त्यसमा पनि नेकपा (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलकदमी र साथले भरतपुर महानगरपालिकामा परिणत भएको थियो । यहाँको अवस्थाले महानगरलाई गिज्याई रहेको भान हुन्थ्यो ।

उपमहानगरपालिकाबाट महानगरपालिपकामा स्तरोन्नती भएपनि, आवश्यक पूर्वाधारको विकास थिएनन् । निर्वाचित जनप्रतिनिधिलाई काम कहाँबाट शुरु गर्ने अन्यौल थियो । काँग्रेससंगको सहकार्यमा जितेर आएकी महानगर प्रमुख रेनु दाहाललाई प्रतिस्पर्धामा रहेको अर्को पार्टीबाट जितेर आएका जनप्रतिनिधिको साथ थिएन् । केही समय काम गर्न समेत निक्कै अप्ठ्रो परिस्थिति सिर्जना भयोे । तर, पछिल्लो समयमा समय परिस्थितिले कोल्टे फे¥यो । लगभग पाँच वर्षको यो अवधिमा भरतपुर देशकै नमूना सहरमा परिणत हुँदै छ । महानगर प्रमुखको जिम्मेवारी सफलतापूर्वक सम्हालेकी रेनु दाहाल भन्छिन्–‘लगभग वितेको पाँच वर्षको पहिलो तीन महिना साउनदेखि असोज सम्मकोअवधि प्रतिद्वन्द्वी साथीहरुलाई सम्हाल्दैमा बित्यो । झण्डै दुई वर्ष कोरोनाको कारण भने जति काम गर्न सकिएन् । तर पनि यहाँकोविकास अन्य स्थानीय तहको भन्दा राम्रै भएको भन्ने ठानेकी छु । मैले मात्र भनेको होइन सबै त्यसै भन्छन् । खै सबैको वाहीवाही खाइरहेकी छु ।’

त्यो भरतपुर, यो भरतपुर !

२०७४ अगाडीसम्म भरतपुरमा मान्छेहरुको घनत्व मात्रै बढेको थियो, तर पूर्वाधार विकासको कुनै छेकछन्द नै थिएन । रेनु दाहाल जब मेयर बनेर भरतपुरमा आइन्, त्यसपछि भरतपुरमा पूर्वाधार विकासको जगको रेखा कोरिएको हो । जनताले बाटो घाटो (सडक) पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेका थिए । मेयर निर्वाचित भएर आएपछि रेनुले त्यहीबाट आफनो कामको शुरुआत गरिन् । ४ वर्षको अवधिमा ६१० किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर सडकमा उनी मेयर भएर आएपछि ग्राभेको काम गरिन् । केन्द्रीय बसपार्कको स्तरोन्नतीमा उनले ध्यान खिचिन् । आफ्नै बाबु पुष्पकमल दाहाल (प्रचण्ड) माओवादी केन्द्रको अध्यक्ष तथा राष्ट्रियराजनीतिको केन्द्रीय मियो रहेका बेला उनले केन्द्रीय बजेट र परियोजना पनि भरतपुरमा प्रसस्तै भित्राइन् ।

संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ किमि महानगरीय रिङ्गरोड रु ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन नै रेनुले तयार पारिन् । त्यसपछि उनले सघन शहरी विकासबाट १० किमि, प्रदेश सरकारबाट ८.५५ कि.मि., सडक विभागबाट १२ कि.मि. र महानगरबाट १० कि.मि. गरी जम्मा ४०.५५ कि.मि. रिङ्गरोडको काम अगाडी बढाइन् । बाँकी ४८.०६५ कि.मि. निर्माणको काम पनि अहिले अगाडि बढिरहेको छ ।

पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माणको लागि उनले रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा काम अगाडी बढाइन् । साथै उनले बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अघि बढाइन् । त्यस्तै, हुलाकी सडकको १९ कि.मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाट को सहायक राजमार्ग खण्डको ८ कि.मि. सडकको काम पनि सँगसँगै अगाडी बढाइन् ।

यसले सडक पूर्वाधारको क्षेत्रमा रेनुले महानगरको रुपरंगनै बदल्ने कोसिस गरिन् । अहिले भरतपुर महानगरको भित्री भित्री सडकहरु पनि पिच भएको छ । यसले चितवनको स्वरुप नै बदलेको छ । राष्ट्रिय गौरवका आयोजना ५ वर्ष अगाडीसम्म भरतपुरवासीको कल्पना मै थिएन । नारायणी तटबन्ध कसैले कल्पना नै गरेका थिएनन् । वर्षेनी त्यहाँ बजेट छुट्टिएर त आउँथ्यो, तर त्यसले केही प्रभावकारी काम नै हुदैनथ्यो । जति बजेट आउथ्यो, त्यो बालुवामा पानीखन्याएको सरह मात्रै हुन्थ्यो । न त्यसरी वर्षेनी आएको बजेटले कुनै दीर्घकालिन काम हुन्थ्यो, न तटबन्ध निर्माणकै तत्कालिन काम नै पनि पूरा हुन्थ्यो ।

तर नारायणी तथा राप्ती नदीको कटान तथा डुबानको दीर्घकालिन समाधानका लागि रेनु मेयर निर्वाचित भएर आएपछि उनले एउटा मोडालिटी तयार पारिन् । अनुमानित बजेटको लेखाजोखा गरिन् । झण्डै ६ अर्वको हाराहारीमा अहिले नारायणी तथा राप्ती नदी नियन्त्रणको काम अगाडि बढिरहेको छ । यसले एउटा व्यवस्थित जग निर्माण भएको छ । त्यस क्षेत्रका जनताले आय आम्दानीको अतिरिक्त स्रोतको खोजी गर्न पनि पाएका छन् । नारायणीमा अहिले रयाफटिङ लगायतका लागि भीड नै लाग्छ मान्छेहरुको ।

पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटयानी, जगतपुर, गोलाघाट जस्ताठाँउहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलास गढीहरुमा नयाँ–नयाँ होटलहरु खुलेका छन् । एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्काेतिर ठूला लगानीहरु चितवनमा भित्रिएका छन् । जुन ५ वर्ष अगाडी उभिएर सोच्दा यसको कल्पना सायदै चितवन भरतपरबासीले गरेका थिए ।

शैक्षिक सस्थाहरु सुधारिएका र फेरिएका छन् । ४ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले यस क्षेत्रमा अनुकरणीय अभ्यासको थालनी गरेको छ ।

यी हुन् भरतपुर महानगरले पाँच वर्षमा गरेका विकास निर्माणका कामहरुः

–भरतपुर महानगर प्रज्ञा प्रतिष्ठान गठन ऐन, २०७८ पारित भएको छ ।

–जेष्ठ पत्रकार निवृत्तिभरणका लागि अक्षयकोष स्थापनार्थ नेपाल पत्रकार महासंघ, चितवन शाखालाई रू. २० लाख अनुदान उपलब्ध गराउने निर्णय ।

–भरतपुर बालमन्दिर अटिजम् विशेष विद्यालय पूर्वाधार विकासका लागि थप १४ लाख ६८ हजार विनियोजन ।

–महानगरभित्रका ३ वटा सामुदायिक क्याम्पसहरू (सप्तगण्डकी बहुमुखी क्याम्पस, मैयाँदेवी कन्या कलेज र सहिद स्मारक कलेज)लाई रू. ३२ लाख अनुदान उपलब्ध गराउने निर्णय ।

–भरतपुर अस्पतालमा महिला तथा ज्येष्ठ नागरिकहरूलाई ओ.पि.डि.टिकट निःशुल्क गर्ने पहिलो निर्णय गरेर सुरु गरिएको महानगरको समृद्धिको यात्रामा देशकै रुपान्तरणकारी आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने रिङ रोड र लिङ्क रोड, सार्वजनिक निजी साझेदारी (PPP Model) मा निर्माण हुने मेट्रो प्लाजाको शुरुवातसम्म आइपुग्दा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य सुशासन, आन्तरिक आय लगायत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएका छन् ।

–महानगरको विकास एवं समृद्धिको मूल आधारका रूपमा रहेको सडक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखी कार्य अघि बढाइएको र परिणाम स्वरुप साढे ५ वर्षको अवधिमा ६२२ किलोमिटर सडक कालोपत्रे तथा ४५० किलोमिटर भन्दा बढी सडकमा ग्राभेल गरिएको छ ।

–संघीय सरकारको सहयोग तथा महानगरपालिकाको पहलमा नेपालकै सबभन्दा लामो ८८.६ कि.मी. को महानगरीय रिङरोड रु. ८ अर्व २० करोडको लागत रहने गरी प्रारम्भिक वातावरणीय परीक्षणसहित विस्तृत परियोजना प्रतिवेदन तयार भई सघन शहरी विकासबाट १० कि. मि., प्रदेश सरकारबाट ८.५५ कि. मि., सडक विभागबाट १२ कि. मि. र महानगरबाट १० कि. मि. गरी जम्मा ४०.५५ कि. मि. रिङ्गरोड निर्माणाधीन अवस्थामा रहेको र बाँकी ४८.०६५ कि. मि. निर्माणको लागि स्रोत सुनिश्चितताको पहल भइरहेको जानकारी गराउन चाहन्छु। साथै ५२ कि. मि. लिंक रोडको काम निर्माणाधीन अवस्थामा रहेको ।

–पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्र्याक निर्माणको लागि रु १ अर्ब ९८ करोड ७३ लाखको लागतमा कार्य प्रारम्भ हुनुका साथै ४ लेन बाइपास सडक विस्तार एवं सतह ढल निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यसैगरी हुलाकी सडकको १९ कि. मि. विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली– गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ कि. मि. सडक निर्माणाधीन अवस्थामा रहेको छ ।

–भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी (PPP) मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता भई कार्य प्रारम्भ भएको छ । साथै भरतपुर महानगरपालिका, विरोक एन्ड कम्पनी र स्थानीय सरकार सवलीकरणको संयुक्त प्रयासमा पालिकास्तरमा सार्वजनिक–निजी परियोजना कार्यान्वयनका लागि परियोजना विकास निर्देशिका तयार पारी २०७८ मंसिर १६ गते सार्वजनिक गरिएको छ । यसबाट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै विकासमा निजी क्षेत्र सँगसँगै भन्ने अवधारणाको उदाहरणीय नमूना प्रस्तुत गर्न सफल ।

–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनहरू गर्न र यसमार्फत् पर्यटकीय आर्थिक गतिवधिमा बढोत्तरी ल्याउन सिटी हल बनाउने कार्य अनुरुप महानगरपालिकाको पहल एवं शहरी विकास मन्त्रालयबाट रु. १ अर्व ८५ करोडको लागतमा सिटी हल (City hall) कार्य द्रुत गतिमा अघि बढेको छ ।

–महानगरमा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरूको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी महानगरपालिकाको वडा तहसम्म क्षमता विस्तार गर्ने लक्ष्य राखिएको छ । साथै वडा नं. २८ मा आपतकालीन आश्रय स्थल (भ्mभचनभलअथ क्जभतिभच) निर्माण गरी प्रयोगमा ल्याइएको छ।

–नारायणी नदीको डुवान, कटान नियन्त्रणको लागि तटबन्धन गर्न संघीय सरकारबाट करिव ५ अर्बको बजेट सुनिश्चित भएको छ । यो भरतपुरको गौरवको आयोजना ठेक्का प्रक्रियामा गइसकेको छ ।

–शारदानगर, जखडिमाई दिव्यनगर पार्वतीपुर मेघौली र धनगढा खानेपानी लगायतका परियोजनाले गर्दा महानगरवासीको स्वच्छ खानेपानीमा पहुँच विस्तार भएको छ ।

–भरतपुर महानगरपालिका वडा ३ स्थित नगरवनको सानो मजुवामा करिव रु १ अर्व ३५ करोडको लागत अनुमान रहेको अटोल्याण्ड (Auto Land) निर्माणका लागि डीपीआर तयार भई वातावरणीय प्रभाव मूल्याङ्कनको चरणमा छ । यसको निर्माणको स्रोतको सुनिश्चितताका लागि पहल भइरहरेको छ भने महानगरपालिका वडा नं. २१ र वडा नं. २० मा लघु औद्योगिक ग्राम निर्माणको कार्य अगाडि बढेको छ । यसै अवधिमा भरतपुर प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ ।

–नारायणी नदी किनारलाई क्भब द्यभबअज मोडेलमा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने प्रयोजनको लागि गुरुयोजना अनुसार रु २९ करोड लागतमध्ये महानगरपालिकाले रु ९७ लाखको लगानीमा १ किलोमिटर वाकिङ्ग ट्रेल निर्माण कार्य सम्पन्न गरेको छ भने बाँकी अन्य कामको लागि पर्यटन विभागबाट रु. ७ करोडको टेन्डर भई शिलान्याश समेत भइसकेको छ ।

–भरतपुर अस्पतालमा रु ५ करोड ७५ लाखको लागतमा सुविधा सम्पन्न बिरामी कुरुवा घर निर्माण भई हस्तान्तरण हुनुको साथै भरतपुर १४ को शिवनगर स्वास्थ्य केन्द्रमा एक्स–रे सेवासहित १५ शैय्या र शारदानगर स्वास्थ्य चौकीमा १५ शैया क्षमताको कोभिड अस्पताल स्थापना गरी सञ्चालन गरिएकोमा सोको क्षमता विस्तार गरी नगरस्तरीय अस्पतालको रुपमा स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।

–वडा नं. ६ मा लक्ष्मीनारायण मन्दिर सहितको मनोरम पार्क, वडा नं १९ मा पहुँच मार्गसहितको रानीपोखरी पार्क निर्माण सम्पन्न हुने चरणमा रहेका छन् ।

–भरतपुर विमानस्थलको विस्तार तथा स्तरोन्नतिको काम अगाडि बढिरहेको छ ।

–भरतपुर महानगरपालिकाको प्रशासनिक भवन प्रदेश र संघ सरकारसँगको साझेदारीमा निर्माणका लागि झण्डै एक अर्ब बजेट सुनिश्चित भई शिलान्यास समेत सम्पन्न भइसकेको छ ।

–भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूलाई निःशुल्क ओ.पि.डि. टिकटको व्यवस्था, अस्पतालमा सुत्केरी हुने महिलाका लागि दुरीका आधारमा बढीमा रु २ हजार पाउने गरी एम्बुलेन्स/यातायात खर्च प्रदान, गर्भवतीका लागि निःशुल्क झुल तथा क्याल्सियम सप्लिमेन्टेसन, पूर्ण खोप सुनिश्चित महानगर घोषणा, ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य संस्था सञ्चालन लगायतका कार्यक्रमहरू मार्फत् स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुयाउने कार्यमा जोड दिइएको छ ।

–वडा नं. ७,८,२१,२३,२६ लगायतका वडामा महानगरको सहयोगमा ज्येष्ठ नागरिक भवन निर्माण कार्य अन्तिम चरणमा रहेको ।

–कोभिड १९ विरुद्ध कोभिसिल्ड, एस्ट्राजेनेका, भेरोसिल, जान्सेन खोप गरी करिव ४ लाख मात्रा खोप लगाइएको र १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूलाई समेत खोप लगाउने तयारी भइरहेको छ ।

–देशकै गौरवको परियोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रशाला निर्माणमा देखिएको आर्थिक स्रोतको समस्या समाधान गरी यथाशक्य छिटो निर्माण सम्पन्न गर्न हालसम्मको कार्य मूल्याङ्कन गरी धुर्मुस सुन्तली फाउन्डेसनबाट महानगरलाई हस्तान्तरण गर्ने गरी प्रक्रिया अगाडि बढाइएको ।

–भरतपुर महानगरपालिका वडा नं १५ मा १०० वेडको आयुर्वेद अस्पताल स्थापनाका लागि आवश्यक जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणको लागि प्रदेश सरकारसँग समन्वय गरिएको छ भने देशभरिका शिक्षकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिन लागेको देशकै पहिलो ३०० शैयाको शिक्षक अस्पताल यसै महानगरपालिकाभित्र स्थापना हुने निश्चित भइसकेको छ ।

–भरतपुर महानगरपालिकामा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । जसमध्ये ५ वटा भवन निर्माण सम्पन्न तथा १० वटा भवन निर्माणाधीन अवस्थामा छन् । यसबाट स्वास्थ्य सेवामा जनताको सहज पहुँच स्थापित हुनेछ ।

–दूधको उत्पादन वृद्धि गरी गरिबी न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले साविकमा दूग्ध उत्पादक किसानलाई लक्षित गरी प्रति लिटर दूधमा प्रदान गरिएको प्रति लिटर रू.१ अनुदानलाई वृद्धि गरी प्रतिलिटर रू. ३ पुयाइएको छ भने महानगर दूध, मासु र मत्स्य उत्पादनमा आत्मनिर्भर भएको छ ।

–पशु विकासको क्षेत्रमा विगतका कार्यक्रमहरूलाई निरन्तरता दिँदै ‘एक बड़ा एक पशु सेवा प्राविधिक’को व्यवस्था, अत्याधुनिक सुविधा र प्रविधियुक्त पशु बधशाला, गौशालाको निर्माण, भेटेरीनरी एम्बुलेन्सको व्यवस्था र शाखा एवम् सेवाकेन्द्रहरूलाई यन्त्र उपकरण सहितको भौतिक पूर्वाधारयुक्त बनाउन संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिएको छ ।

–कृषि उपजको उत्पादन तथा उत्पादकत्व वृद्धिमा अहम् भूमिका रहने सिंचाई क्षेत्रको विकास तथा प्रवर्द्धनमा महानगरले विशेष महत्व दिएको छ । विगत ४ वर्षको अवधिमा ३५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई आयोजना सम्पन्न गरी ४५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिंचाईको सुनिश्चितता गरिएको छ ।

–कृषिको आधुनिकीकरणका लागि कृषि यान्त्रीकरणको आवश्यकता महसुस गरी महानगरले कृषि यान्त्रीकरणमा उल्लेख्य लगानी गरेको छ । विगत वर्षमा कृषि सहकारीहरूलाई ६ वटा ट्याक्टर, ४ वटा बीउ प्रशोधन मेसिन, १ वटा धान रोप्ने मेसिन र १ वटा कम्बाइन हारवेस्टर वितरणबाट कृषिको आधुनिकीकरणमा टेवा पुग्नुका साथै यसले कृषि उत्पादनको लागत घटाउन सकरात्मक भूमिका खेलेको छ ।

–फोहोर मैलाको दिगो एवं वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा डीपीआर बनेको छ ।

–महानगरपालिकाभित्र दर्जनौं पार्क, खुल्ला जिमखाना, हरियाली प्रवद्र्धन लगायतका वातावरण संरक्षण र शहरी सौन्दर्यीकरणको काम सघन रुपमा अघि बढेको छ ।

–महानगरपालिकाभित्र निर्माण हुने भवनहरूको नक्शा पास तथा राजश्व प्रणालीलाई अनलाइन पद्धतिमा रुपान्तरण गरी डिजिटल शासनको मार्गमा महानगरपालिका अघि बढेको छ ।

–नेपाल विद्युत् प्राधिकरण तथा महानगरपालिकाको साझेदारीमा उज्यालो भरतपुर कार्यक्रम अन्तर्गत स्मार्ट सडक बत्ती योजना तथा १९ कि. मि. भूमिगत विद्युत् लाइन विस्तारको कार्य अघि बढेको छ भने ७८ कि. मि. सडकमा स्मार्ट स्ट्रिट लाइट जडानको काम सुरु भएको छ । अहिले भरतपुरका मुख्य सडकहरुमा हाइमास्ट बत्ती जडान अन्तिम चरणमा पुगेको छ । भरतपुरको केन्द्रीय बस टर्मिनल, चौविसकोठी, शहिद चोक र पुलचोकमा बत्ती बलिसकेको छ भने पोखरा बसपार्क, आँपटारी र मालपोत चोकमा केहीदिनमै हाइमास्ट बत्ती बल्दैछ ।

–यस अवधिमा १३ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साथै ६ वटा वडा कार्यालयको तला थप गरिएको छ भने बाँकी सबै वडा कार्यालयहरूको मर्मत र स्तरोन्नति गरी सेवा प्रवाहलाई प्रभावकारी तथा प्रविधियुक्त बनाई विद्युतीय शासनको मार्गमा अघि बढेको छ । महानगरको सेवालाई डिजिटल प्रविधिमा आधारित बनाउनका लागि अफिस अटोमेसनको कार्य प्रारम्भ भएको छ ।

–महानगरपलिकाले अम्ब्रेला स्ट्रिटको व्यवस्थापन गर्दै आएको र उक्त स्थानमा भ्यू टावर निर्माण मार्फत आन्तरिक आय वृद्धि गर्ने योजना राखिएको छ । साथै चौकी डाँडामा भ्यू टावर निर्माणको काम सुरु भएको छ । साथै महानगरको पर्यटन प्रवद्र्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्र्याङ्गल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको छ । साथै भरतपुर क्षेत्रको पर्यटन प्रवद्र्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको छ ।

–देवघाटमा रु ९ करोड ९० लाख रुपैयाँको लागतमा अत्याधुनिक शवदाहगृह निर्माणाधीन रहेको छ ।

–महानगरपालिकाले यातायात सेवा विकास र विस्तारलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारको सहकार्यमा यातायात कार्यालय स्थापना गरी सबै प्रकारका सवारी साधनको दर्ता तथा सवारी चालक लाइसेन्स प्रदान गर्ने गरी प्रकृया अघि बढाइएको छ । यसबाट महानगरपालिकाको आम्दानीमा समेत उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । साथै विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न चार्जिङ्ग स्टेसन निर्माणको कार्य पनि अघि बढेको छ ।

–मानव सेवा आश्रमसँगको सहकार्य तथा सामाजिक संघ संस्थाहरूसँगको समन्वयमा भरतपुर महानगरलाई पहिलो सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरी कार्यान्वयन भएको छ । यसै वर्ष मानव सेवा आश्रमको भवन निर्माणका लागि थप बजेट उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको छ ।

–महानगरभित्र सार्वजनिक जग्गाको संरक्षण गर्ने उद्देश्यले विगत ५ वर्षको अवधिमा भरतपुर महानगरपालिका क्षेत्रभित्रको अतिक्रमित १०६ विगाहा सार्वजनिक जमिन पहिचान भएको छ । छिट्टै उक्त जग्गाको डिजिटल अभिलेख तयार पारी सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

–भरतपुर महानगरपालिकाको स्मार्ट सिटी गुरुयोजनाको अन्तिम प्रतिवेदन प्राप्त भएको छ । सोको श्रोत सुनिश्चितता पश्चात् निर्माण कार्य अघि बढ्ने छ । साथै महानगरीय यातायात गुरुयोजना तयारीको कार्यको लागि परामर्शदाता नियुक्तको लागि छनौट प्रक्रिया अन्तिम चरणमा रहेको छ ।

–शिक्षा क्षेत्रमा यसअवधिमा भरतपुर महानगरपालिकाले अनुकरणीय अभ्यासको थालनी गरेको छ । सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनको महत्त्वपूर्ण कार्य सम्पन्न भएको छ । यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी सङ्ख्यामा करिब ६ हजार वृद्धि भएको छ भने आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि २०७५ मा ५६.४७% रहेकोमा शैक्षिक सत्र २०७७ मा ५.५३% ले वृद्धि भई ६२% पुगेको छ । सामुदायिक विद्यालयको शैक्षिक उल्लेख्य प्रगति भएको छ । कुल साक्षरता दर गुणस्तरमा ९८.५% रहेको छ। नमुना विद्यालयहरू स्थापना भएका छन् ।

–शिक्षकको प्रविधि उपयोगको क्षमता विकास गर्न ICt तालिम सञ्चालन गर्नुका साथै सबै आधारभूत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गरी शिक्षासँग सिकाइ जोडिएको छ । विषय समिति मार्फत् शिक्षकको पेसागत दक्षता विकासका कार्य अगाडि बढाइएको छ ।

–हाम्रो गौरव हाम्रो भरतपुर विषयको कक्षा १८ को स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रत्येक वडामा एक नमुना विद्यालय विकासको कार्य कार्यान्वयनमा ल्याइएको छ । संस्थागत विद्यालयहरूको साझेदारीमा कक्षा ११ का २३९ जना विद्यार्थीहरूलाई मेरिट बेसमा विभिन्न संस्थागत विद्यालयमा पूर्ण छात्रवृत्ति प्रदान गरी नेपालकै उदाहरणीय कार्यको थालनी गरिएको छ ।

–युवा परिचालन मार्फत् सामुदायिक विद्यालयमा शिक्षक दरबन्दीको न्यूनतालाई परिपूर्ति गरी गुणस्तरीय सिकाइ वातावरण निर्माण गर्न चालु आर्थिक वर्षमा महानगरको आन्तरिक स्रोतबाट रु ६५ लाख विनियोजन गरी शिक्षण सहयोग अनुदानमा ३० जना युवा स्वयंसेवक शिक्षक परिचालन थालनी गरिएको छ ।

–भरतपुर बालमन्दिरमा अटिजम विशेष विद्यालय स्थापना गरी अटिजम भएका बालबालिकाको शिक्षामा पहुँचको सुनिश्चितता गरिएको छ । शिक्षामा नवप्रवर्तन भित्र्याउन स्टेम एजुकेशन (Qm\EM Education) कार्यक्रमको थालनी गरिएको छ । समग्र शिक्षाको विकासको लागि महानगरपालिकाको आन्तरिक आयको १२.५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

–सामाजिक विकासमा युवा सहभागिता र नेतृत्व विकासका लागि युवा स्वयंसेवक शिक्षक परिचालन र सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान पुयाएका युवा संस्था सम्मान कार्यमार्फत् प्रोत्साहन गरिएको छ । युवा स्वयंसेवक तालिम, युवा परामर्श र सहुलियतपूर्ण कर्जामा व्याज अनुदानका कार्यक्रम कार्यान्वयनको तयारी भइरहेको छ ।

–‘कोही नछुटुन् कोही नदोहोरिउन्’ भनी सबै वडा कार्यालयबाट कम्प्युटरकृत प्रणालीद्वारा घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणमा नागरिकको पहुँच विस्तार गरिएको छ । साथै महानगरपालिकाको विकासमा ६७ वटा गैरसरकारी संघ संस्थाले रु. ४८ करोड लागतको साझेदारी गरेको अवस्था रहेको छ ।

–जन आन्दोलन, जनयुद्ध र मधेस आन्दोलन लगायत राजनैतिक आन्दोलनमा शाहदत प्राप्त गर्ने सहिद परिवार र वेपत्ताका परिवारको जीवन निर्वाह सहयोग स्वरुप मासिक रु. २००० उपलब्ध गराउने कार्य कार्यविधि तयार भई पहिलो चरणमा वितरण समेत गरिएको छ ।

–अति विपन्न परिवारका किशोरी छात्राहरूको विद्यालय शिक्षामा पहुँच र निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले ‘मेयरसंग छात्रा’ कार्यक्रम अन्तरगत निःशुल्क साइकल वितरणको कार्य गरिंदै आएको छ ।

–स्थानीय बाल अधिकार समिति गठन भई असाहय तथा अनाथ बालबालिकाको व्यवस्थापनमा सहजीकरण सेवा प्रवाह भई रहेको छ । साथै छुवाछुत तथा सामाजिक विकृति र विसङ्गतिका विरुद्धमा महानगरवासीलाई सुसूचित गराउँदै अन्तर्जातीय विवाह गर्ने दम्पतिलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ ।

–१३८८ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई अपाङ्गता परिचय पत्र उपलब्ध गराइएको छ । यसै आर्थिक वर्ष देखि अपाङ्गता परिचय पत्रको डिजिटल कार्ड प्रदान गर्ने व्यवस्था मिलाइएको छ । साथै मध्यम अपाङ्गता भएका व्यक्तिका लागि महानगरले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको व्यवस्था मिलाएको छ ।

माथि उल्लेखीत कार्यहरु सारांशमा मात्रै प्रस्तुत गरिएको छ । यस्ता धेरै कामहरु महानगरबाट भएका छन् । महानगरले पछिल्लो समय खेलुकद कार्यक्रमलाई समेत प्राथमिकतामा राखेको छ । हालसालै भरतपुरमा राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न भएका छन् भने भरतपुर मेयर कप क्रिकेट प्रतियोगिता समेत सम्पन्न भएका छन् । अन्य थुप्रै खेलकुदलाई महानगरले प्राथमिकतामा राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>