खैरहनी

खैरहनी १० लाई व्यवस्थित र पर्यटकीय वडा बनाउँछुः चन्द्र विक्रम चौधरी

Banner

चितवन, वैशाख २७–

खैरहनी नगरपालिका वडा नं.१० को वडा अध्यक्षका उम्मेद्वार नेपाली कांग्रेसका युवा नेता चन्द्र विक्रम चौधरीले वडालाई व्यवस्थित र पर्यटकीय वडाको रुपमा विकास गरिने बताएका छन् ।

वडा भित्र रहेको कुचकुचे मध्यवर्ति सामुदायिक वनलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने भन्दै त्यहाँ रहेको चिसापनी क्षेत्रलाई विशेष प्रवद्र्धन गरिने बताए । वडालाई विकास गर्न नयाँ ढंगले सोच्न आवश्यक रहेको भन्दै चौधरीले युवा पुस्ताले नै वडाको विकास गर्ने बताए । ‘म युवा उम्मेदरको रुपमा प्रस्तुत भएको छु, वडा नं.१० विकासलाई विशेष प्राथमिकतामा राखेको छु, मलाई जनताले जिताउनुहुन्छ भन्नेमा ढुक्क छु’–वडा अध्यक्ष उम्मेद्वार चौधरीले भने ।

उनले वडा भित्र रहेका शैक्षिक संस्थाहरु अहिले अव्यवस्थित रुपमा चलिरहेकाले त्यसलाई पूर्वाधारलगायत सबै कुरामा व्यवस्थित गर्ने आफ्नो योजना रहेको बताए । उनले अहिले वडा कार्यालय नै साँघुरो भवनमा संचालनमा रहेको भन्दै त्यसको स्तरोन्नती पनि आफ्नो पहिलो प्राथमिकतामा रहेको बताए । हरेक क्षणमा जनतालाई सेवा गर्ने ठाउँ नै अव्यवस्थित हुँदा वडाबासी समस्यामा पर्ने गरेको भन्दै सुविधासम्पन्न वडा कार्यालय बनाउने आफ्नो योजना रहेको बताए । ‘म युवा जोश जाँगर लिएर मैदानमा आएको छु, तपाईहरुको साथ पाए भने वडालाई नमुना वडा बनाउन कसैले रोक्न सक्दैन’–चौधरीले भने ।

उनले स्वास्थ्य चौकीलाई पनि स्तरोन्नतीसंगै सरकारी भवन र संरचनाको राम्रोसंग संरक्षण गर्ने आफ्नो पहिलो काम रहने बताए । उनले कृषियोग्य वडा भएकाले कृषिलाई पनि विशेष प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘मलाई एकपटक अवसर दिनुभयो भने यस वडामा शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार, कृषि, प्राकृतिक सम्पदाहरुको संरक्षण र सम्वद्र्धन अहोरात्र खटेर सबैसंग हातेमालो गर्दै अघि बढ्ने छु’–चौधरीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>