गण्डकी
तनहुँमा कांग्रेस र एमाले कार्यकर्ताबीच ढुंगा हानाहान
०

तनहुँ, वैशाख २७–
तनहुँमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । घिरिङगाउँपालिकाको कार्यालय पोखरीछाप परिसरमा ढुंगा हानाहान भएको हो ।
दुई समूहको ढुंगा हानाहानले केही बेर स्थिति तनावग्रस्त बन्न पुगेको थियो । काँग्रेस कार्यकर्ताले हानेको ढुंगा लागेर एमालेका कार्यकर्ताले चढ्दै आएको ग२च १८०५ नम्बरको कारमा क्षति पुगेको पोखरीछाप प्रहरी चौकीका प्रहरी निरीक्षक राजकुमार विकले बताए । उनका अनुसार गाडीको सिसा फुटेको छ ।
घिरिङ गाउँपालिका–५ मा चुनावी र्यालीमा सहभागी हुन पुगेका बालक नदीमा डुबेर बेपत्ता भएको विषयमा विवाद हुँदा झडप भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>