अन्तर्राष्ट्रिय

पोल्याण्डका लागि रुसी राजदूतमाथि हमला

Banner

वार्सा, २७ वैशाख-

युद्धविरोधी प्रदर्शनकारीहरूले सोमबार पोल्याण्डका लागि रुसी राजदूत सर्गेई एन्ड्रिभमाथि रातो रंग हानेका छन् ।

वार्सामा सोभियत सैनिकहरूको चिहानमा माल्यार्पण गर्न खोजेको रुसी प्रतिनिधिमण्डललाई प्रदर्शनकारीहरूले रोकेका थिए ।नाजी जर्मनीमाथिको विजयको ७७औं वर्षगाँठ मनाउन आएका प्रदर्शनकारीहरूले उनीहरूलाई ‘फासिस्ट’ भन्दै युक्रेनी झण्डाहरूले घेरेका थिए ।

टास समाचार एजेन्सीका अनुसार एन्ड्रिभ र उनको टोलीलाई घटनामा गम्भीर चोट लागेको छैन । तर, उनले औपचारिक विरोध गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>