देश/प्रदेश

रुकुम-पूर्वको जङ्गलमा महिलाको शव फेला

Banner

रुकुम-पूर्व, २७ वैशाख-

रुकुम-पूर्वमा एक महिलाको शव फेला परेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिनुभयो । शव परीक्षणका लागि रुकुम-पूर्व अस्पताल ल्याइँदैछ ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताउनुभयो । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।(रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>