Breaking News

चितवनमा धमाधम मतदान सामग्री मतदानस्थलमा लगिदै (फोटो फिचर)

Banner

चितवन, वैशाख २७–

चितवनमा मतदान सामग्रीहरु मतदानस्थलमा लैजाने कार्य सुरु भएको छ । भौगोलिक विकटता भएको ठाउँमा हिजोबाट नै सामग्री पठाउन थालिएपनि अन्य पालिकाहरुमा भने आजबाट मतदान सामग्रीहरु धमाधम पठाउन थालिएको हो ।

सुरक्षाकर्मीसहित निर्वाचन अधिकृतले मतपत्र बुझेर मतदान स्थलसम्म लैजान काम भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनका अनुसार भोलिसम्ममा जिल्लाका सातवटै पालिकाका मतदानस्थलहरुमा मतदान सामग्रीहरु पु¥याईने छ ।

भरतपुर महानगरपालिकाका लागि चाहिने मतपत्र पनि तयारी अवस्थामा राखिएको छ । भोलि बेलुकासम्ममा सुरक्षित रुपमा भरतपुरका सबै मतदान स्थलहरुमा मत्रपत्र पु¥याइने पौडेलले जानकारी दिए । मतदानस्थलमा कर्मचारी खटिएलगत्तै मतदानस्थलको तयारी पनि सुरु गरिने हुनेछ ।

एक महानगरपालिकासहित ७ वटा स्थानीय तह रहेको चितवनमा कुल ९८ वटा वडा रहेका छन् । यहाँ १६१ मतदान स्थल र ४५१ वटा मतदान केन्द्र तोकिएका छन् । चितवनमा कुल ३ लाख ९७ हजार ६८५ मतदाता रहेका छन् भने सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७५२ मतदाता रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>