अपराध

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

Banner

ललितपुर, २७ वैशाख-

ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ ।

युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे ।

उनले भने, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’

निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए । कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.