देश/प्रदेश
हेटौंडा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
०

हेटौंडा, २७ वैशाख-
हेटौंडामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका(१५, शिखरपानीमा मोटरसाइकलको ठक्करबाट ६० वर्षीया मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>