खेलकुद

स्वर्ण पदक विजेता भारात्तोलन खेलाडी सन्जु मृत फेला

Banner

काठमाडौं, २७ वैशाख-

१३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत फेला परेकी छिन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरीलाई मंगलबार बिहान मृत अवस्थामा फेला पारिएको हो । चौधरी नेपाललाई सागमा भारात्तोलनमा स्वर्ण पदक दिलाउने पहिलो खेलाडी हुन् । २३ वर्षीय चौधरी हाल एसियाली खेलकुदको तयारीमा थिइन् ।

उनी एसियाली खेलकुदका लागि नेपालगञ्जबाट छनोट भएकी थिइन् । छनोटमा सहभागी १६ जनामध्येबाट चौधरी छानिएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area