देश/प्रदेश
एमाले उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु बम नभएको पुष्टि
०

स्याङ्जा, वैशाख २६ –
स्याङ्जामा एमाले उम्मेदवारको घर जाने बाटोमा शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।
भिरकोट नगरपालिका एमालेबाट मेयरका उम्मेदवार विश्वनाथ अर्यालको घर जाने बाटोमा प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तु बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान ६ः२५ बजेतिर घर नजिकै प्रेसर कुकरमाथि रातो तार र कालो टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको थियो । शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै नेपाली सेनाको समिरजित गुल्मबाट क्याप्टेन अनुपम अर्यालको कमान्डमा बम डिस्पोजल टोली खटिएको थियो । डिस्पोज गर्ने क्रममा कुकरभित्र पाँचवटा सानो ढुंगा र लाइटमा प्रयोग हुने एक थान ब्याट्री भेटिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>