देश/प्रदेश
चार म्यादी प्रहरीको मृत्यु, विष सेवन गरी एक जनाले गरिन् आत्महत्या
०

काठमाडौं, वैशाख २६-
चार जना म्यादी प्रहरीको मृत्यु भएको छ भने एक जनाले आत्महत्या गरेकी हुन् ।
स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना भएर ड्युटीमा खटिएका ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो । नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो । यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>