खेलकुद

एन्फा पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने

Banner

काठमाडौं, २५ वैशाख-

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

हाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको प्रतिबन्धमा रहेका थापाले धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा दिउसो पौने २ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् ।

थापाले नेपाली फुटबल र आफ्नो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन गरेको बताएका छन् ।‘मैले नेपाली फुटबल र मेरो केही महत्वपूर्ण विषयमा जानकारी गराउने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भइदिनुहुनका निमित्त हार्दिक अनुरोध गर्दछु,’ थापाले आग्रह गरेका छन् ।

यसअघि थापाले पत्रकार सम्मेलन गर्ने बताएका पनि व्यक्तिगत कारण देखाउँदै स्थगित गरेका थिए ।करिब दुई दशक नेपाली फुटबलको सर्वोच्च संस्था एन्फा हाकेका थापाले यस समयमा गर्ने पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।एन्फाको आगामी चुनाव ६ असारमा हुँदै छ । आगामी ४ वर्षको नेतृत्व समाल्ने गरी हालका अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ चुनावी मैदानमा उत्रँदै छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>