देश/प्रदेश
सुनसरीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
०

सुनसरी, २५ वैशाख-
सुनसरीको कोशी गाँउपालिका–३ जमुवा चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाँउपालिका ५ बस्ने ३० वर्षीय ईस्राफिल आलम रहेका छन् । ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।प्रदेश २–०३–००१ ख २७२४ नम्बरको ट्रकले को १९ प ३८७३ नम्बरको मोटरसाइकललाई आज दिउँसो सवा १२ बजे ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न ट्रक सहित चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>