Breaking News

प्रचण्ड र देउवाको नक्कली प्रेम धेरै दिन टिक्दैन: एमाले उपाध्यक्ष पाण्डे

Banner

चितवन, वैशाख २५-

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले गठबन्धनको नाममा प्रचण्ड र देउवाको बीचमा रहेको नक्क्ली प्रेम धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

नेकपा एमालेले नारायणगढको क्याम्पाचौरमा गरेको चुनावी सभामा मन्तव्य राख्दै नेकपा एमालेका उपाध्यक्ष पाण्डेले भरतपुरमा भएको चुनावी सभामा देउवाले रेनु दाहाललाई मैले उम्मेदवार बनाएको हो भन्नु लाजमर्दाे भएको बताए । उनले भने, ‘ देउवाले भरतपुरमा गरेको भाषण मैले सुने प्रचण्डले होइन मेरो जोडले रेनुलाई मेयरको उम्मेदवार दिएको हो भनेछन् । देउवाको माओवादी अध्यक्ष प्रचण्डसँग कति प्रेम बसेछ । यो प्रेम ज्यादै छोटो प्रेम छ । धेरै पर जान पर्देन होला । नक्कली पिरती, चाउरी पिरती धेरै दिन चल्ने वाला छैन । ’

उनले गठबन्धनका नेताहरुले जनतालाई भ्रम छर्ने काम गरेको बताए । उनले भरतपुरमा भएको बिगतको स्थानीय तहको निर्वाचनको स्मरण गर्दै अन्तिम क्षणमा आएर मतपत्र च्यातेर, मतपत्र निलेर नांगो ढंगले एमालेलाई भरतपुरमा हराउने काम भएको बताए । उनले भने, ‘ यो अदालतले सत्य र न्यायको पक्षमा फैसला गर्छ, जनअदालतले के भन्छ । सबैलाई एमाले उम्मेदवार विजयी बनाउन अपिल गर्न चाहन्छु ।’

उनले माओवादीले २०६४ सालमा जस्तो तर्साएर मत माग्ने अवस्था नभएको भन्दै यो निर्वाचन पछि माओवादी टिक्के वाला नभएको बताए । उनले भने,‘ माओवादीले जित्नु भनेको दिउँसै देखेको सपना हो । हामी कसैलाई गाली गर्न होइन आफ्नो एजेन्डा बोकेर आएका छौं । हामी निर्वाचन जित्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.