Breaking News

चुनाव हार्‍यौ भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनतालाई दिएको चुनौती हो: नेता पोखरेल

Banner

चितवन, वैशाख २५-

नेकपा एमालेका वाग्मती प्रदेश सचिवालय सदस्य तथा सांसद कृष्णभक्त पोखरेललले चुनाव हा¥यौं भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनतालाई चुनौती भएको बताएका छन् ।

नेकपा एमालेले आज नारायणगढमा गरेको चुनावी सभामा कांग्रेस र माओवादीसहितको गठबन्धनले हालसालै गरेको चुनावी सभामा प्रचण्डले दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै सो बताएका हुन् ।

नेता पोखरेलले भने, ‘ लोकतन्त्रमा चुनाव लडेपछि हारजित हुन्छ । प्रधानमन्त्रीलाई साक्षी राखेर चुनाव हा¥यो भने देश दुर्घटना हुन्छ भन्नु चितवनका जनताका लागि चुनौती हो ।
नेपाली जनताले हिजो पनि त्यस्ता शक्तिहरुलाई पराजित गर्दै एमालेलाई विजयी गराएकै हो । ’ उनले विगतको निर्वाचनको स्मरण गर्दै एमालेले विगतमा इच्छाकामना गुमाउनु परेको थियो तर यसपटक सबै सात स्थानीय तहमा शानदार विजय हासिल गर्ने दाबी गरे । उनले भने, ‘ एमाले सरकार रहँदा सबै स्थानीय तहमा सरकारी अस्पताल निर्माण गर्ने योजना अगाडि बढाएको छ । विगतमा सुरुङमात्र बनाउने भन्दा हास्थे तर अहिले सुरुङ मार्ग निर्माण भइरहेको छ । स्थानीय तहलाई बलियो बनाउने नेकपा एमालेको दृष्टिकोण हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>