Breaking News

भरतपुरमा त्यो कालो घटना सम्झिरहेका छौं, कसैको थर्काइले डराउँदैनौं: नेता रावल

Banner

चितवन, वैशाख २५-

नेकपा एमालेकी चितवन सहइन्चार्ज तथा केन्द्रीय सदस्य पार्वती रावलले गत स्थानीय निर्वाचनमा भरतपुरमा घटेको त्यो कालो घटना सम्झिरहेको बताएकी छन् ।

नेकपा एमालेले भरतपुरमा गरेको चुनावी सभामा स्वागत मन्तव्य राख्दै नेता रावलले महादेश र परमादेश सच्याउने आधार नै जनता भएकोले २०७४ त्यो कालो घटना सम्झिरहेको बताएकी हुन् ।

उनले भनिन्, ‘जनताको मत सुरक्षित गर्नको लागि नेकपा एमाले सचेत छ । कसैको धम्की, घुर्की र थर्काइका कारणले डराउँदैनन् । भरतपुरका नागरिक एमालेलाई मतदान गर्न हतार छन् । ’ स्वागत मन्तव्य राख्दै नेता रावलले परमादेश सरकारलाई जनताले आफ्नो मतबाट परास्त गर्ने बताइन् । उनले भनिन्, ‘ यो स्वार्थ र सत्ता स्वार्थको गठबन्धन हो । भरतपुर महानगरमा चुनाव जित्यो भने गठबन्धन १० वर्ष १५ वर्ष जान्छ भनेर धम्क्याएका छन् । भरतपुरका जनता शतिशाल भएर चुनावमा आइरहेका छन् । यस निर्वाचनमा गठबन्धन पराजित हुनेछ ।’ उनले राष्ट्रियता र विकासको लागि भरतपुर महानगरमा राप्रपासँग एमालेले तालमेल गरेको बताइन् । उनले भनिन्, ‘फेरि जनता जागिरहेका छन् । गठबन्धनसँग एजेन्डा, दृष्टिकोण र कार्यक्रम छैन । घुर्की, धम्की जनतालाई दिइरहेका छन् । सबैखाले घटनालाई परास्त गर्दै अगाडि बढ्ने भरतपुर हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>