अपराध
भोजपुरका वडा सदस्य उमेदुवार माथि खुकुरी प्रहार
०

भोजपुर , बैशाख २५-
भोजपुरको षडानन्द नगरपालिका साङपाङमा नचिनेको मानिसको समूहले उम्मेदवारमाथि खुकुरी प्रहार गरेको छ ।
गएराति १० बजे वडा नं १० साङपाङकी वडा सदस्य उम्मेदवार अमिता तामाङलाई नचिनेको व्यक्तिको समूहले कुटपिट गरी खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
उहाँको टाउकोमा चार टाँका लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्नको खोजी भइरहेको छ । घाइते तामाङको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>