
चितवन, वैशाख २३–
राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्षसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । उनीहरुलाई एक अनौपचारिक कार्यक्रमकाबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश पछि युवाहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका सम्बाहक युवा भएको बताउनुभयो । उहाँले नव प्रवेश गर्नुहुने युवाहरुलाई यतिबेला सबै भन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न यूवाहरुलाई निर्देशन दिनुभयो ।
‘यस बखत म तपाईहरुलाई धेरै भन्न चाहन्न्, निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिन्छौं’–अध्यक्ष प्रचण्डले भने । पार्टी प्रवेश गर्नेमा राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी रहेका छन् ।