Uncategorized

भरतपुरमा हँसिया हथौडामा भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छः प्रचण्ड

Banner

चितवन,बैशाख २२-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहिबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए ।

अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई गम्भीर रुपमा लिएको बताउँदै उनले जनआन्दोलन २०४६ मा रुख र हँसिया हथौडा​सँगै हिँड्नु हुँदैनथ्यो ? के २०६२–६३ को जनआन्दोलनको बेला रुख र हँसिया हथौडा​सँगै हिँडेको गलत थियो ? भन्दै उनले प्रश्न गरे । उनले गिरिजा प्रसाद कोइरालाले अन्तिम समयसम्म पनि शान्ति सहकार्य र एकताको कुरा गरेको स्मरण गरे । उनले रुखवालालाई चितवनमा हँसिया हथौडामा भोट हाल्न सकस भएकोले वाम गठबन्धनतिर गएको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>