खैरहनी

खैरहनी ४ मा गठबन्धनका उम्मेद्वारहरुको घरदैलो, उम्मेद्वारले सुनाए कंकालीमा पर्यटक भित्र्याउने योजना

Banner

चितवन, वैशाख २०–

चितवनको खैरहनी नगरपालिका वडा नं ४ मा गठबन्धनका उमेदवारहरुले मङ्गलबार घरदैलो गरेका छन् ।

गठबन्धनबाट नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शशी कुमार खनियाँ र नेकपा (माओवादी केन्द्र)को तर्फबाट उपमेयर पदका उमेदवार लक्ष्मी ढकाल तथा वडाध्यक्षका उम्मेदवार नारद बरुवाल सहितका उमेदवारहरुले घरदैलो गरेका हुन्। गठबन्धनबाट वडा सदस्यका उमेदवारहरु बहादुर गुरुङ्ग, राम बहादुर थापा मगर महिला सदस्य गोमा उप्रेती र दलीत महिला सदस्य सपना परियार पनि घरदैलोमा सहभागी थिए । मतमाग्न घरदैलोमा पुगेको उमेदवारहरुलाई वडाबासीले स्वागत तथा आर्शिवाद दिदै शशी खनियाँको नेतृत्वमा खैरहनी नगरपालिकाले आमूल परिवर्तन गर्ने र ग्रामीण भेगको विकासमा उहाँको टिम लागि पर्ने विश्वास व्यक्त गरेका छन् ।

भौगोलिक हिसाबले सुन्दर रहेको खैरहनी–४ को पर्यटनलाई विस्तार गरि कुमरोजमा आएको पर्यटकलाई कंकाली सम्म ल्याएर पर्यटक भित्र्याउने खनियाँले बताए । कुमरोजबाट पर्यटक ल्याएर होमस्टे निर्माण गरि यहाँको पर्यटन विस्तार र कृषि उपजको प्रवर्द्धनमा आफू लागिपर्ने मेयर पदका उम्मेदवार खनियाँले बताए । खैरहनी–४ को मेलमिलाप चोक, चामेडाडा, लाफागाउँ, सुर्योदय टोल, गैडेआहाल, पुलचोक लगायतका स्थानमा वडाबासी मतदाताले गरेको स्वागत हौसला र उहाँहरुले आफुप्रती देखाएको भरोसाका कारण आफु उत्साहित भएको खनियाँले बताए ।

उपमेयर पदका उमेदवार लक्ष्मी ढकालले पाँच वर्षको अवधिमा यस क्षेत्रको पर्यटन विस्तार लगायतका कार्यमा नगरले ध्यान नपुर्‍याएको भन्दै कंकाली सामुदायिक वनमा पर्यटन प्रवद्र्धन गरि यहाँको विकासलाई पुरा गर्ने र यहाका समस्यालाई समाधान गर्ने दृढ संकल्पको साथमा आफुले उमेदवारी दिएको बताए । ‘हामी नगरबासीको जनचाहना बमोजिम काम गर्न मैदानमा आएका हौं’ उनले भने ‘यसको लागि हामी प्रतिबद्ध छौं ।’

वडाध्यक्ष पदका उम्मेदवार नारद बरुवालले बेल्सी पुलदेखि भुतिया खोलासम्म औद्योगिक करिडोर निर्माण, कयर खोलामा तटबन्ध, सामुदायिक विद्यालयको स्तरोन्नति लगायतका कार्यलाई प्राथमिकतामा राख्दै समाधान गर्न आफू र आफ्नो टिमलाई मतदान गर्न आग्रह गरेका छन्।

३१०२ मतदाता रहेको सो वडामा यसअघि भएको स्थानीय निर्वाचन र उपनिर्वाचनमा पनि नेपाली काङ्ग्रेसले नै वडा अध्यक्ष लगायत सम्पूर्ण पदमा विजय हासिल गरेको थियो।

यस्तै खैरहनी नगरपालिकाका नगर सभापति गुणराज श्रेष्ठले नगरको १३ वडामा घरदैलो कार्यक्रम संचालन भैरहेको र स्थानीयको उल्लासपुर्ण सहभागीताले काङ्ग्रेस सहितको गठबन्धनले मेयर÷उपमेयर सहित १३ वटै वडामा जितको नजिक पुगेको दावी गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>