खेलकुद

साविक विजेता न्यु डायमन्ड पराजित

Banner

काठमाडौं, २० वैशाख-

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा एभरेस्ट भलिबल क्लबसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा सम्पन्न महिलातर्फको पहिलो खेलमा एभरेस्टले साविक विजेता न्यु डायमन्डलाई ३-२ को सेटमा हरायो ।

पहिलो सेट २६-२४ ले गुमाएको न्यु डायमन्डले दोस्रो र तेस्रो सेटमा १३-२५, २०-२५ को जित निकालेको थियो । तर, चौथो सेट २१(२५ ले हारेपछि खेल पाँचौ सेटमा लम्बियो । खेलको निर्णायक सेट बनेको पाँचौँ सेट पनि एभरेस्टले १५-१३ ले आफ्नो पक्षमा पार्दै प्रतियोगितामा पहिलो जित निकाल्यो ।

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीसम्मिलित एभरेस्ट यसअघि त्रिभुवन आर्मीसँग २५-१९, २५-७, २५-१८ को सोझो सेटमा पराजित भएको थियो । न्यु डायमन्डको भने प्रतियोगितामा पहिलो खेल हो ।

प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले तीन अंक जोडेको छ । मंगलबारै हुने महिलातर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा तेस्रो दिन मंगलबार दुई महिला र तीन पुरुष गरी पाँच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>