चितवन विशेष

लायन्स क्लव अफ चितवन गोल्डेनको अध्यक्षमा ठकुरी

Banner

चितवन, वैशाख १९–

लायन्स क्लव अफ चितवन गोल्डेनको अध्यक्षमा विनोद ठकुरी चयन भएका छन् ।

मकवानपुर गढीमा गरिएको ८औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट लायन वर्ष २०२२/२३ का ठकुरीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

क्लवको प्रथम उपाध्यक्षमा रमेश पौडेल, द्वित्तिय उपाध्यक्षमा सुवास सुवेदी, तृतीय उपाध्यक्षमा कमल श्रेष्ठ, सचिवमा केशव अधिकारी, कोषाध्यक्षमा ठाकुर सापकोटा चयन भएका छन् ।

जितेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल श्रेष्ठले लायन वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदन र कोषाध्यक्ष केशव अधिकारी आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा लायन वर्ष २०२१/२२ मा गरिएको कार्यक्रमहरुका संयोजकहरुलई सम्मान गरिएको थियो । यस्तै नयाँ सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.