अन्तर्राष्ट्रिय

टोकनवादमा सिमित नेपाली राजनैतिक दलहरुमा महिला नेतृत्व

Banner

टोकनवाद,वैशाख १९-

योगमाया न्यौपानेले सन् १९१६ देखि नै जातीय भेदभाव, सती, बालविवाह र बहुविवाह विरुद्धको आन्दोलनको नेतृत्व गर्दै पुनर्विवाह विधवालाई मान्यता दिनुपर्नेमा जोड दिएकी थिइन् । मंगलादेवी सिंहले १९४७ मा महिला मागका लागि राजनीतिक मोर्चा प्रस्तुत गर्न नेपाल महिला संघ गठन गरेकी थिइन् ।

सन् १९५१ मा राणा शासनको अन्त्यसँगै १९५३ मा नगरपालिका र १९५९ मा संसदीय निर्वाचन भयो तर महिला प्रतिनिधित्वको चरम अभाव थियो । नगरपालिका र संसदीय पदमा क्रमशः साधना प्रधान र द्वारिकादेवी ठकुरानी मात्र निर्वाचित भएकी हुन ।

राजनीतिक सङ्घर्षमा उनीहरूको भूमिका भए पनि उनीहरूका राजनीतिक दलहरूले नीति निर्माणमा महिलाहरूलाई संलग्न गराएको छैन। महिलाका लागि विद्यालय खोलियो र पुलिसले महिला क्याडेटहरू लिन थाले। तर सन् १९२० मा सती प्रथालाई प्रतिबन्ध लगाएको बाहेक योगमायाको युगदेखि प्रस्तुत गरिएका कुनै पनि माग सम्बोधन भएनन् ।

हुन त त्यसपछि पनि नेपालको सबैभन्दा पुरानो दलहरु मध्य एक नेपाली काँग्रेसमा महिला अनुहारहरु नेतृत्वगत संभावनाका रुपमा नदेखिएका हैनन तर ति सबै प्रतिनिधित्व केवल टोकनवादमा मात्र सिमित भए ।

मंगलादेवी सिंह देखि अहिले अपरझट राजनैतिक खिचातानीमा मुछिएकी श्रृजना सिंह, कुनै बेलाकी सुजाता काइराला लगाउत अन्य थुप्रै नामहरु कि त कुनै घराना विशेष या फिल इन द ग्याप्सको अवधारणा भित्र मात्र पर्दछन । महिला नेतृत्वको विषयमा काँग्रस कुनै घराना र टोकनवाद भन्दा पर भएर क्षमतामा आधारित किन हुन नसकेको होला रु
यस्तै तर्कहरु चलिरहँदा १४औं महाधिवेशनमा २१ वर्षकी मोफसल बाट आएकी पुजा फुयाँल प्रतिनिधि छनौट भएको कुराले धेरैलाई हौसला दिएको चाँही छ । सोलुखुम्बुको नेचा सल्यान गाँउकी महाधिवेशन प्रतिनिधि पुजाले आफ्नो क्षमताकै आधारमा नेपाली काँग्रसको यस स्थान सम्म यात्रा तय गरिन । उनले प्रत्यक्षरुपमा पार्टीको केन्द्रिय नेतृत्व छनौटमा मत दिएकी छिन् । काँग्रेसको फिमेल लिडरशीपको इभेल्युशन चल्दो छ । यस इभोल्युशनमा माओवादी द्धन्दको पनि केहि हात नभएको चाँही हैन ।

माओवादी द्धन्दकालमा महिलाप्रतिको धारणामा परिवर्तन ल्यायो । दुबै पक्षमा महिला लडाकुहरू सक्रिय हुँदा, राज्यले महसुस गर्‍यो कि महिलाहरूले पनि बन्दुक बोक्न सक्छन् र पुरुषहरूले गरेजस्तो गर्न सक्छन्। महिलाले पुरुषभन्दा स्वतन्त्र आफ्नो पहिचान बनाउन थाले । राजनीतिक दलहरूले महिलाका मुद्दाहरूलाई समेट्न थाले र राष्ट्रिय महिला आयोगको स्थापना भयो। एक ऐतिहासिक आदेशमा, सर्वोच्च अदालतले सबै बालबालिकालाई पैतृक सम्पत्तिमा समान अधिकार सुनिश्चित गर्न मुलुकी ऐनलाई संशोधन गर्न आदेश पनि दिएको छ।

संक्षेपमा भन्दा सामाजिक र राजनैतिक परिवर्तन र नेतृत्वको इतिहासमा महिला नेतृत्वको अवस्था झन झनै फिल इन द ग्याप्स मात्र भएको छ ।
लोकतन्त्रले महिला प्रतिनिधित्व बढाएको छ भने राज्यको समावेशी संरचना भए पनि नीति निर्माण केही पुरुषको हातमा केन्द्रित हुँदै गएको छ । समग्रमा हाम्रा राजनीतिक नेताहरूले विद्यमान व्यवस्था विरुद्ध क्रान्ति गर्नमा तदारुकता देखाइसकेका छन्, तर त्यसलाई परिवर्तन गरेका छैनन् ।
यो नियती सत्तारुढ, प्रतिपक्ष, पहिले सत्तामा रहेका, क्रान्तिकारी लगायत हरेक पार्टी र वैचारीक झण्डावालहरुलाई लागु भएको छ ।
आखिर महिला नेतृत्वको उदय हुन नसक्नुका कारणहरु के हुन रु

नेपाली काँग्रेसमा नै पनि कुनै जमानामा मंगलादेवी सिंहले गरेकी नेतृत्वको पृष्ठभूमि रहिरहँदा त्यसपछि किन उदयमान महिला नेतृहरु आएनन, आएकाहरु किन ओझेलमा परे?

किन काँग्रेसमा आजसम्म फेरि प्रमुख नेतृत्वको पंक्तिमा महिला नामहरु आउन नसकेको रु पछिल्लो वर्ष भएका सबै पार्टी हरुको महासभामा पनि कुनै पनि पार्टीले महिला नेतृत्वलाई ल्याउन सकेनन, र यो सूचीमा नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक मानिएको पार्टी नेपाली काँग्रस पनि अछुतो रहन सकेन ।
नेपालको राजनीतिमा महिलाको हैसियत अझै टोकनवादमा मात्र सीमित छ ।

अनि काँग्रेसमा केन्द्रित भएर हेर्दा यस वर्षको महासभामा पनि हुन नसकेको महिला नेतृत्वको उदय आखिर कहिले हुने हो ?

गणेशमान सिंहको प्रखर नेतृत्वबाट पे्ररित मंगलादेवीको गणेशमान कै दैलोबाट उदय भयो । मंगलादेवीको पार्टी र देशप्रतिको योगदान हामी सबैले देखेका र बुझेका छौं । काँग्रसका अहिलेका सर्वोच्च नेता शेर शहादुर को पनि दैलोबाट एक प्रखर महिला नेतृका रुपमा आरजु राणा देउबाको उदयको पर्खाईमा नेपाली प्रजातान्त्रिक शक्तिहरु शायद छैनन भन्न सकिन्न । स्वरुप, नाम या घराना जे सुकै हुनसक्ला तर अहिले नेपालका हरेक राजनैतिक पार्टीहरुमा एक जना प्रखर नेतृ हुन सक्नु पार्टीको कम्पीटिटिभ एडभान्टेज मात्र नभई जनताको विश्वास जित्ने कसिलो आधार पनि हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?